+

युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

२०७६ असोज  ८ गते ७:२१ २०७६ असोज ८ गते ७:२१
युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए ।

श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय