Comments Add Comment

भिल्लारियलमाथि बार्सिलोनाको जित

८ असोज, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र अर्तुर भिडाले गोल गरे । यता, भिल्लारियलका लागि भने स्यान्टी क्याजोर्लाले गोल फर्काएका थिए ।

खेलको छैटौं मिनेटमा नै बार्सिलोनाका ग्रिजम्यानले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १५औं मिनेटमा भिडालले अर्को गोल गर्दै गर्दै २-० गोलको अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा क्याजोर्लाले गोल गरेपछि भिल्लारियलले २-१ गोलको स्थिति बनाएको थियो ।

बार्सिलानाका कप्तान लियोनल मेस्सी भने पहिलो हाफमै घाइते हुदै मैदानबाट बाहिरिए । स्पेनिस फुटबलमा ४०० खेल पूरा गरेका मेस्सीको स्थानमा ओस्मान डेम्बेलेलाई मैदानमा छिराइएको थियो । पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा यहि नतिजालाई कायम राख्दै जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment