Comments Add Comment

छाकैपिच्छे एकै किसिमको खाना खाँदा स्वास्थ्यमा के हानी हुन्छ ?

हामी नेपालीको बानी नै छ कि बिहान् होस् या त साँझ, दैनिक एकै किसिमको खाना खाने । धेरै नेपालीहरु दैनिक साँझ र बिहान समेत खानामा दाल, भात र तरकारीको प्रयोग गर्ने गरेका छन् । तर, विभिन्न अध्ययनहरुले यसरी दैनिक एकै प्रकारको खाना नियमित खानु स्वास्थ्यको लागि राम्रो नभएको बताएका छन् ।

समय अभावका कारण होस् या त अरु विविध कारणले हामीहरु घर बाहिर खाना खान जाँदा पनि घरमा खाने खानालाई नै प्राथमिकतामा राख्ने गरेका छौं । तर, चिकित्सकहरुको खोजलाई आधार मान्ने हो भने त्यस्तो बानीले हामीलाई समस्यामा पारिरहेको हुनसक्छ ।

चिकित्सकहरुले यसरी दैनिक एउटै खानेकुरा खाँदा त्यो खाना अस्वस्थकर हुने ५ कारण बताएका छन् । हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । त्यस्तो अवस्थामा सकेसम्म दैनिक फरक खानेकुरा खानु स्वास्थ्यको लागि अति आवश्यक हुन्छ । चिकित्सकहरुले खाना र खाजामा समेत एकै किसिको पौष्टिक आहार हुन नहुने बताएका छन् । यसरी एकै प्रकारको खाना खाँदा हुने समस्यालाई उनीहरुले बुँदागत रुपमा यसरी व्याख्या गरेका छन् ।

पोषण (न्युट्रेशन )को कमी

हाम्रो शरीरलाई स्वच्छ राख्नको लागि शरीरमा सबै किसिमका पोषक तत्वहरुको जरुरत पर्दछ । त्यसमा पनि सही तरिकासँग शरीरको सञ्चालनको लागि कस्तो किसिमको पोषक तत्वलाई बढी महत्व दिने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार गर्नुपर्ने हुन्छ ।

तर, दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद र परिकार भने आवश्यक हुन्छ । हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरु हाम्रो खाना र फलफूलबाट नै पाउने गरिन्छ । त्यसको लागि सबैभन्दा आवश्यक कुरा हो फलफूलहरुको नियमित सेवन । त्यसैले न्युट्रेशनको कमी पूरा गर्न मद्दत गरेको हुन्छ । तर, एकै किसिमको फलफूलपनि नियमित खानु हुँदैन । यसमा समेत विविधता ल्याउनु पर्दछ ।

पेटको स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ

यदि हामी दैनिक एकै प्रकारको खाना खान्छौं भने यसले हाम्रो पेटमा समस्या सिर्जना गर्नसक्छ । जसका कारण पेटमा रोगविरुद्ध लड्ने क्षमताको विस्तारै कमी हुँदै जान्छ । अर्थात् अलग प्रकारको पौष्टिक तत्वको प्रयोगले हाम्रो रोग प्रतिरक्षा प्रणालीमा बढावा दिनुका साथैं पाचन प्रणालीलाई समेत राम्रो गर्नेगर्दछ । यसको लागि आफ्नो पौष्टिक आहारमा फलफूलहरु, सागपात आदिको सहि प्रयोग गर्नुपर्दछ ।

वजन घटाउन समस्या

हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्वको प्रयोग गरेनौं भने हाम्रो तौल घटाउने प्रयासमा समस्या सिर्जना हुनसक्छ । तौल धेरै भएर समस्या भएकाहरुले जतिसुकै प्रयास गरेपनि खानामा ध्यान दिने र दैनिक फरकफरक पौष्टिक आहार नखाने हो भने यसले कम गतिमा वजन घटाउने काम गर्दछ ।

जस्तोसुकै पौष्टिक आहार खाएपनि दैनिक रुपमा फरक खानेकुरा खानु पर्दछ । पीएलओएस वनमा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस अधिक मात्रामा अलग अलग खानेकुरा खाने गर्दछ  त्यस्तो मानिसहरु अरुको तुलनामा छिटो आफ्नो तौल कम गर्नमा सक्षम रहन्छ ।

दुब्लोपन र कुपोषणको शिकार

कुनैपनि व्यक्ति दैनिक एकै किसिमको खानेकुरा मात्रै खान्छ भने उसमा कुपोषण र दुब्लोपनको समस्या देखिने गर्दछ । यस्तो अवस्थामा नियमित एकै किसिमको खाद्यपदार्थहरु खाँदा सोही खानाको रंग, स्वाद र बनावटका कारण उसले खाना खान नै इन्कार गर्ने गर्दछ । खाएको खण्डमा पनि उसले त्यसमा स्वाद र मन लगाएर खाईरहेको हुँदैन । जसका कारण उनीहरुमा दुब्लोपनको समस्या हुने देखिएको छ ।

बढी पौष्टिकको समस्या वा कलेजोको समस्या

दैनिक एकै किसिमको खाना खाने मानिसहरुमा कलेजो सम्बन्धी समस्या पनि हुने बताईन्छ । कुनैपनि खाद्यपदार्थको दैनिक अधिक सेवन हुँदा एकातर्फ धेरै पौष्टिकका कारण पनि स्वास्थ्यमा समस्या आउने र त्यसले शरीरका अरु अंगहरुमा समेत समस्या सिर्जना गर्ने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment