Comments Add Comment

तीन एआईजीको सरुवा, अपराध अनुसन्धानमा कार्की

८ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो ।

यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment