
८ असोज, काठमाडौं । पोखरामा भएको आईटीएफ सिनियर टेनिस प्रतियोगितामा ५५ वर्ष उमेर समूहको एकल प्रतिस्पर्धामा कमल थापा विजयी भएका छन् । राप्रपाका अध्यक्ष थापाले भारतीय खेलाडी सञ्जयकुमारलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गरेका हुन् ।
सोही प्रतियोगिताको ५५ वर्षमाथिको पुरुष डबल्स प्रतिस्पर्धामा पनि कमल थापाको जोडीले उपाधि जितेको छ । थापा र झम्पा धोन्दुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिममूलाको जोडीलाई सूपर ट्राइब्रेकरमा पराजित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4