Comments Add Comment

लागूऔषध नाइट्राभेटसहित प्रहरी कर्मचारी पक्राउ

९ असोज, सप्तरी । सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् ।

तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनकाे साथबाट  नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ का बासिन्दा हुन् ।

उनलाई जिल्ला अदालत, सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment