Comments Add Comment

नेपाल र घानाबीच कुटनीतिक सम्बन्ध स्थापित

९ असोज,काठमाडौं । नेपाल र अफ्रिकी मुलुक घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच संयुक्त समझदारीमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध स्थापित गरिएको हो ।

घाना सहित नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या अब १६८ पुगेको छ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार कुटनीतिक सम्बन्ध स्थापनापछि दुवै देशका परराष्ट्रमन्त्रीबीच द्धिपक्षीय सहकार्य र बहुपक्षीय मन्चहरुमा सहकार्य गर्नेबारे छलफल भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ महासभामा पुगेका ज्ञवालीले बहराइन, नर्वे, साउदी अरेबिया र भेनेजुयलाका विदेशमन्त्रीसँग द्धिपक्षीय हितका विषयमा कुराकानी गरेको नियोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment