Comments Add Comment

काठमाडौंमा थाइ फेस्टिवल हुने, एक जनालाई थाइल्याण्ड घुम्ने अवसर

९ असोज, काठमाडौं । काठमाडौंमा ‘थाई फेस्टिबल’ आयोजना हुने भएको छ ।

काठमाडौंस्थित थाइ दूतावासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज ११ गते शनिबार काठमाडौंको होटल सांगि्रलामा फेष्टिबल आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेष्टिवल आयोजना गर्न लागिएको नेपालका लागि थाइ राजदूत भकवत तन्सकुलले जानकारी दिए ।

फेष्टिवलमा थाइ खाना मुख्य आकर्षणको रुपमा राखिनेछ । राजदूत भकवतले थाई कल्चरसँग सम्बन्धित कला पनि सो फेष्टिवलमा प्रर्दशन हुने बताए ।

फेष्टिवलमा ‘लक्की ड्र’मार्फत् एक जनालाई थाइल्याण्ड भ्रमणको लागि ‘टु वे’ टिकट उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

थाइ दूतावासले नेपालमा पहिलो पटक सन् २०१७ मा यो फेष्टिबल आयोजना गरेको थियो । थाइल्याण्ड सरकारकै योजना अनुसार विश्वभर थाइ फेष्टिवल हरेक वर्ष

मनाउने गरिएको पनि थाइ दूतावासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment