Comments Add Comment

फ्राइडे रिलिजः ‘के सोलो रिलिजको फाइदा रातो टिका निधारमाले उठाउला ?’

दशैं सुरु हुनुभन्दा २ दिन अगाडिबाट चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएको छ । आजबाट देशभरका अधिकांश हलमा लागेको यो चलचित्रले सोलो रिलिजको फाइदा उठाउने अपेक्षा गरिएको छ ।

अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, राजाराम पौडेल, वुद्दि तामाङ, खुश्वु खड्का, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रबाट निर्देशक अशोक शर्माका छोरा अंकित शर्मा चलचित्र क्षेत्रमा भित्रिदैछन् । यसैले, पनि अशोक र अंकितका लागि यो चलचित्र विशेष छ । मल्टिप्लेक्समा समेत राम्रो शोज पाएको यो चलचित्रले दशैंको समयमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

गत हप्ताबाट रिलिजमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सुखद बक्स अफिस कारोबार सहित दोश्रो सातामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment