+
+
Shares

काठमाडौंमा दशैंको खसीबोका घटस्थापनाको भोलिपल्टदेखि बिक्री हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १६:३७

१० असोज, काठमाडौं । सरकारले दशैंका लागि काठमाडौंमा असोज १३ गतेदेखि खसीबोका बिक्री गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सरकारले दशैंका बेला हरेक वर्ष खसीबोका र च्यांग्रा बिक्री गर्दै आइरहेको छ । सर्वसाधारणको माग पूरा गर्नेभन्दा पनि निजी क्षेत्रको मूल्य नियन्त्रणका लागि सरकारले निश्चित मूल्य तोकेर खसीबोका बिक्री गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?