Comments Add Comment

रोमाका समर्थकलाई आजीवन प्रतिबन्ध

१० असोज, काठमाडौं । इटालियन क्लब रोमाले आफ्ना एक समर्थकलाई आजीवन प्रतिबन्ध लगाएको छ ।

क्लबले ब्राजिलियन डिफेण्डर जुआन जेसिसमाथि सामाजिक सञ्जालमार्फत नश्लील दुव्र्यवहार गर्ने आफ्ना समर्थकलाई प्रतिबन्ध लगाएको हो । रोमाले जेसिसलाई सन्देश पठाउने व्यक्ति तस्वीर र इन्टाग्राम डिटेलसहित ट्वीट गर्दै भनेको छ, हामीले यो एकाउन्टबारे इटालियन पुलिस र इन्टाग्रामलाई भनेका छौं ।’

पछिल्लो समय इटलीमा फुटबलरहरमाथि रंगभेदपूर्ण व्यवहारको घटना बढ्दो गएको छ । र, हालै मात्र विभेदविरोधी निकाय फेयरले यसमा प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment