Comments Add Comment

चेल्सीले ब्राइटनलाई २-० ले हरायो, अर्को खेलमा टोटनहृयाम विजयी

Photo Credit : प्रिमियर लिग

१२ असोज, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनलाई सहज रुपमा पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई आफ्नै घरेलु मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोर्गिन्हो र विलियनले गोल गरे ।

पहिलो हाफमा दुई टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ५०औं मिनेटमा चेल्सीका लागि जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई १-० गोलको अग्रता दिलाए । खेलको ७६औं मिनेटमा चेल्सीका विलियनले गोल गरेपछि चेल्सी २-० गोलअन्तरले विजयी भएको हो ।

टोटनहृयामले साउथहृयाम्पटनलाई २-१ले हरायो

प्रिमियर लिगमै भएको अर्को खेलमा टोटनहृयामले साउथहृयाम्पटनलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

सात खेलबाट ११ अंक जोडेको चेल्सी जितसँगै छैटौं स्थानमा उक्लिएको छ । पराजित ब्राइटन भने लिगको १६औं स्थानमा छ ।

यता, टोटनहृयाम पनि जितपछि लिगको चौथो स्थानमा उक्लिएको छ । टोटनहृयामले सात खेलबाट ११ अंक बनाउँदा पराजित साउथहृयाम्पटन भने १४ स्थानमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment