Comments Add Comment

रोनाल्डोको गोलमा युभेन्टसको जित

१२ असोज, काठमाडौं । साविक विजेता युभेन्टसले इटालियन सिरी ए फुटबलमा एसपीएएललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको ४५औं मिनेटमा पिजानिकले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७८औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले खेल २-० गोलले जितेको हो ।

जितपछि युभेन्टसले ६ खेलबाट १६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको युभेन्टस इन्टर मिलानभन्दा दुई अंकले पछि रहेको छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको भने समान ६ खेलबाट शतप्रतिशत जित हात पार्दै १८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment