Comments Add Comment

नौ ग्रहसँग नौ देवीको सम्बन्ध

दशैं भन्नासाथ दूर्गापूजाको कल्पना हाम्रो दिमागमा आइहाल्छ । दशैंका नौ दिनभरी विभिन्न देवीहरुको पूजा आराधना गछौं । देवीको दर्शनका लागि विभिन्न मन्दिरहरु जान्छौं ।

यसको पनि एउटा छुट्टै महत्व र रमाइलो पक्ष छ । दशैंको सुरुवात घटस्थापनाबाट नै हुन्छ, यसदिन हामी आफ्नो घर–घरमा जमरा राख्ने, देवीहरुको पूजापाठ गर्नेगर्छौं । दशैंका नौ दिनसम्म हामी बिहान नुहाएर देवीको पूजा आराधना गर्न मन्दिर जाने गर्छौं ।

नवरात्रिमा देवी रूपको पुजा गर्नेगर्छौं । नवदूर्गाको पूजाको आफ्नै विधि–विधानहरु छन् । हरेक देवीका रुपको आफ्नै एउटा महत्व रहेको छ । देवीको नौ रुप र नवग्रहहरुको महत्वपूर्ण सम्बन्ध रहेको छ ।

देवीका रुपहरु

शैलापुत्री – यी देवी देवीका नौ रुपहरु मध्येकी प्रथम रुप हुन् । देवी शैलपुत्रीलाई चन्द्रमाको प्रतीक मानेर पूजा गरिन्छ । शैलपुत्रीको पूजा गर्दा चन्द्रमासँग सम्बन्धित दोष समाप्त हुने विश्वास छ ।

ब्रह्मचारिणी – देवी ब्रह्मचारिणीले मंगल ग्रहलाई नियन्त्रण गर्छिन् । ब्रह्मचारिणीको पूजाले मंगल ग्रहको नराम्रो प्रभाव कम हुने विश्वास छ ।

चन्द्रघण्टा – देवी चन्द्रघण्टाले शुक्र ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पुजाले शुक्र ग्रहको प्रभाव कम हुन्छ भन्ने विश्वास छ ।

कुष्मान्डा – देवी कुष्माण्डाले सूर्यको मार्गदर्शन गर्छिन्, त्यसैले यिनको पूजाले सूर्यको कुप्रभावबाट बचाउँछ ।

स्कन्दमाता – देवी स्कन्दमाताले बुध ग्रहलाई नियन्त्रण गर्छिन् । यो देवीको पूजाले बुध ग्रहको नराम्रो प्रभाव कम हुन्छ ।

कात्यायनी – देवी कात्यायनीले बृहस्पति ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजा गर्नाले बृहस्पतिको नराम्रो प्रभाव कम हुन्छ ।

कालरात्रि – देवी कालरात्रिले शनि ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजाले शनिको नराम्रो प्रभाव कम हुन्छ ।

महागौरी – देवी महागौरीले राहु ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजा गर्नाले राहुको नराम्रो प्रभाव कम हुने विश्वास छ ।

सिद्धिदात्री – देवी सिद्धिदात्रीले केतु ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजा गर्दा केतुको नराम्रो प्रभावलाई कम गर्न मद्दा पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment