Comments Add Comment

नवरात्रको व्रतमा गर्न नहुने कुराहरु

दशैंको नवरात्रि अर्थात नौरथाको महत्व छुट्टै हुन्छ । नौ दिनभरी विभिन्न देवीहरुको पूजा–आराधनाले सम्पूर्ण वातावरण नै धार्मिक भएको आभास हुन्छ । यो समयमा धेरै मानिसहरु व्रत पनि बस्छन् । देवीलाई प्रसन्न गर्नका लागि नौ दिनभरी व्रत त बस्नुहुन्छ । तर, व्रत बस्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने जानकारी नहुँदा व्रतको कुनै फलिफाप नहुन सक्छ । देवीको व्रतबस्दा धेरै कुराहरुको ध्यान राख्नुपर्छ । देवीको व्रत बस्दा के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने बारेमा केही जानकारीहरु प्रस्तुत छन् ।

—नौरथामा यदि तपाईंले अखण्डबत्ति बाल्नु भएकोछ भने घर छाडेर बाहिर बस्नु हुँदैन । त्यस्तो अवस्थामा घरमा कोही न कोही हुनु अति नै आवश्यक हुन्छ ।

—यदि तपाई व्रत बस्न लाग्नुभएको छ भने नौ दिनसम्म हात तथा खुट्टाको नङ काट्नु हुँदैन । व्रत बस्नु अगाडि अथवा व्रत सकिसकेपछि मात्र नङ काट्नुपर्छ ।

—यदि व्रत बस्दै हुनुहुन्छ भने नौ दिनसम्म महिलाले कपाल काट्नु हुँदैन भने पुरुषले नौ दिनसम्म कपाल, दारी, जुङ्गा काट्नु हुँदैन ।

—त्यसैगरी व्रत बस्ने व्यक्तिले नौ दिनसम्म लसुन, प्याज र माछा–मासु खानु हुँदैन ।

—व्रत बस्ने मानिसले नौ दिनभरी सफा र चोखो लुगा लगाएर देवीको पूजा गर्नुपर्छ । फोहोर लुगाले पूजा गर्दा देवी प्रसन्न हुन्नन् ।

—व्रत बस्ने व्यक्तिले नै दिनभरी छालाका बेल्ट, चप्पल–जुत्ता, ब्याग जस्ता सामानको प्रयोग गर्नुहुँदैन ।

—नौ दिनसम्म व्रत बस्ने व्यक्तिले कागती काट्नु हुँदैन ।

—त्यस्तै व्रत बस्ने व्यक्तिले नौ दिनसम्म नुन र अन्नको सेवन गर्नु हुँदैन ।

—यदि दिउँसो सुत्ने बानी छ भने यो बानी हटाउनुपर्छ । विष्णु पुराणको अनुसार व्रत बस्ने व्यक्तिले नौ दिनभरी दिउँसो सुत्नु हुँदैन ।

—व्रत बस्ने व्यक्तिले नौ दिनसम्म एकै स्थानमा बसेर फलाहार ग्रहण गर्नुपर्दछ । विभिन्न स्थानमा बसेर फलाहार ग्रहण गर्नाले पाप लाग्ने धार्मिक धारणा रहेको छ ।

—चालिसा, मन्त्र अथवा सप्तशती पाठ पढ्दै हुनुहुन्छ भने बीचमा अन्य कुरा गर्ने अथवा उठ्ने गल्ती गर्नुहुँदैन । त्यसो गर्दा पाठको फल नकारात्मक शक्तिहरुले लैजान्छन् ।

—व्रत बस्दै हुनुहुन्छ भने नौ दिनभरी शारीरिक सम्बन्ध राख्नु हुँदैन । व्रतको समयमा शारीरिक सम्बन्ध राख्नाले व्रतको फल प्राप्त हुँदैन ।

—कतिपय व्यक्तिहरु व्रतको क्रममा भोक लाग्ने भएकोले भोक मेटाउनका लागि तमाखु चपाउने गर्छन् । त्यस्तो गल्ती गर्नु हुँदैन किनभने दुव्र्यसनले व्रत खण्डित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment