+
+
Shares

नेपाल र यूएईबीच हवाई सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते ११:१२

१२ असोज, काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हवाई सम्झौता भएको छ ।

सम्झौता क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरानमा भएको हो । सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट त्यहाँका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे ।

यी दुई मुलुकबीच यसअघि नै प्रारम्भिक द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो ।

शनिबार भएको सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

अब भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुने आचार्यले बताए । दुई देशबीच कुनै विवाद भएमा त्यसको समाधानका लागि पनि सम्झौता सहयोगी हुने आचार्यको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?