Comments Add Comment

गुल्मीका सीडीओ सहचालक बनेपछि ….

१२ असोज, गुल्मी । चाडपर्वको बेला सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुन्छ । त्यही बेला अन्य समयमा भन्दा बढी दुर्घटनाहरु हुने गर्दछन् ।

दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु पनि हुन्छन् । यही क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भने सहचालक बनेका छन् ।

गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फूलमाला लगाएर बिदाई गर्ने क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सहचालक बनेका हुन् । तम्घासबाट बुटवलका लागि छुट्ने लु २ ख ५७९ नम्बरको बसमा सीडीओ पौडेल आफैैंले ढोकामा बसेर यात्रु चढाएर सुरक्षित यात्राको शुभकामना दिए ।

आइतबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्नको लागि सुरु गरेको कार्यक्रममा तम्घासबाट बुटवलका लागि छुट्ने बसका चालक, सहचालक र एकजना यात्रुलाई फूलमालाले सम्मान गरेर सुरक्षित यात्राको शुभकामना दिएर बिदाई गरिएको थियो ।

चाडपर्वको बेला हर्ष उल्लासले यात्रा गर्ने बेलामा दुर्घटना नहोस् भन्ने सन्देश दिन चालक, सहचालक र यात्रुलाई जिम्मेवार बनाउन कार्यक्रम सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment