Comments Add Comment

मैथिली साहित्य परिषदमा दत्त निर्वाचित

१२ असोज, सप्तरी । राजविराजस्थित मैथिली साहित्य परिषद्को अध्यक्षमा सतिशकुमार दत्तको प्यानल विजयी भएको छ ।

११ सदस्यीय कार्यसमितिमा कोषाध्यक्षबाहेक सबै उम्मेदवार दत्त प्यानलबाटै विजयी भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा निर्वाचित दत्तले २ सय ९७ मत पाए भने उनका प्रतिस्पर्धी रामखेलाबन यादवले १ सय ६४ मत प्राप्त गरे ।

उपाध्यक्षमा श्यामसुन्दर यादव ३ सय ४३ मत पाएर विजयी भएका छन् भने उनका निकटतम भीमशंकर देवले १ सय २२ मत प्राप्त गरे । सचिवमा अजय कुमार झा २ सय ३५ मत ल्याएर विजयी भए, उनका निकटतम अजितकुमार ठाकुरले २ सय १५ मत ल्याए ।

उपसचिवमा पंकजकुमार झा ३ सय १२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी दिनेशकुमार साहले १ सय ४८ मत पाए ।

कोषाध्यक्षमा रामखेलाबन प्यानलका अमरकान्त झाले २ सय ३७ मत ल्याएर विजयी भए भने रामअधिन साहले २ सय १६ मत मात्रै प्राप्त गरे ।

सदस्यहरुमा जिबछ दास २ सय ६९, मिथिलेश कुमार यादव र चन्दन यादव समान २ सय ६६, भूपेश कुमार भूप २ सय ४२, विद्यानन्द राम २ सय १७ र ध्रुबकुमार मण्डल २ सय १३ मत ल्याएर विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा ४ सय ८५ जनाले मतदान गरेका थिए । परिषद्मा कुल ७ सय ६७ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment