Comments Add Comment

ह्वाट्सएपले एन्ड्रोइडमा पनि ल्यायो फिंगर प्रिन्ट लकर

मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचरहरु प्रयोगकर्ताका लागि थपिरहेको छ । जसले ह्वाट्सएपलाई करोडौँ प्रयोगकर्ताहरुसामु झनै उत्कृष्ट बनाइरहेको छ ।

ह्वाट्सएपमा प्राइभेसी तथा सेक्युरिटीका लागि पनि नयाँ फिचर थपिएको छ । हालै ह्वाट्सएपले आफ्नो एन्ड्रोइडको एपमा बायोमेट्रिक अथेन्टिकेसन अप्सन लागू गरेको छ । यो भनेको फिंगरप्रिन्ट लक फिचर हो । जसको सहयोगमा अब अनधिकृत व्यक्तिले ह्वाट्सएपमा पहुँच पाउन  सक्‍दैनन् ।

एप्पलको आईओएसमा चाहिँ यो फिचरलाई गत फेब्रुअरीमै लागू गरिएको थियो ।

ह्वाट्सएपको फिंगरप्रिन्ट लक फिचरले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्नेछ । साथै आफ्नो ह्वाट्सएपमा अरु अनधिकृत व्यक्तिले ह्याक गर्ने जोखिम पनि कम हुनेछ ।

स्मार्टफोन अनलक गर्नका लागि फिंगरप्रिन्ट स्क्यान गरेजस्तै गरी सजिलैसँग ह्वाट्सएपमा यो फिचरले काम गर्नेछ ।

यो फिचरलमा ह्वाट्सएपले बिल्ट–इन फिंगरप्रिन्ट रिडरको प्रयोग गर्नेछ र फिंगरप्रिन्ट रिड गरी भेरिफिकेसनस गरेपश्चात् मात्र ह्वाट्सएप अनलक हुनेछ ।

आइफोनमा यो फिचरले टच आइडी वा फेस आइडी प्रयोग गर्दछ । ह्वाट्सएपमा यो नयाँ फिचर प्रयोग गर्नका लागि आफ्नो डिभाइसमा ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सन (२.१९.२०) इन्स्टल गर्नुपर्दछ । त्यसपछि ह्वाट्सएपको सेटिंग्समा गएर प्राइभेसी अप्सनमा ट्याप गर्नुहोस् ।

त्यहाँ रहेको स्क्रिन लक फिचरसम्म स्क्रल डाउन गरी उक्त टगललाई अन गर्नुहोस् ।त्यसपछि तपाइँ आइफोनमा फेस आइडी वा टच आइडीको मद्दतले आफ्नो ह्वाट्सएप अनलक गरी प्रयोग गर्न सक्नुुहुनेछ ।

एन्ड्रोइड डिभाइसमा यो बायोमेट्रिक फिचर प्रयोग गर्नका लागि ह्वाट्सएपको पछिल्लो भर्सन (२.१९.२२१) इन्स्टल गर्नुहोस् । त्यसपछि स्मार्टफोनको सेटिंग्समा गएर अकाउन्ट अप्सन छान्नुहोस् । त्यहाँ रहेको प्राइभेसी अप्सनमा ट्याप गर्नुहोस् । उक्त शीर्षकमा तपाईंले  Fingerprint Unlock  फिचर देख्नुहुनेछ । र, त्यसलाई इनेबल गरी तपाईंले यो फिचर प्रायेग गर्न सक्नुहुन्छ । कतिपय डिभाइसमा यो अप्सन नदेखिएमा डिभाइसको सेटिङमा Utilities अप्सनमा गएर App Locker मा ट्याप गर्नुपर्दछ । त्यसपछि डिभाइसको पिन नम्बर हालेर add apps अप्सनमा गएर ह्वाट्सएप छान्नु पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment