Comments Add Comment

२१ वर्षको भयो गुगल, जन्मदिनमा विशेष डुडल

विश्वको नम्बर वान सूचना तथा प्रविधि कम्पनी गुगल २१ वर्ष पुगेको छ । आफ्नो २१ औँ वर्षगाँठ मनाउनका लागि गुगलले विशेष प्रकारको डुडल तयार पारेको छ आफ्नो सर्च इन्जिनको पेजमा ।

उक्त गुगल डुडलमा स्कृनमा गुगल सर्चको वेबपेज खुलेको पूरानो डेस्कटप कम्प्युटर देखाइएको छ । इन्टरनेट तथा कम्प्युटरका सुरुवाती दिनहरुको झल्को दिलाउन यो डुडल निकै प्रभावकारी मानिएको छ ।

जहाँ छुट्टै सिपियूसँग जोडिएको बडेमाको मनिटर, ठूलो आकारको किबोर्ड तथा सबैलाई जोड्नका लागि प्रयोग भएका तारहरु देख्न सकिन्छ । जसमा गुगलको जन्मदिन सन् १९९८ को सेप्टेम्बर २७ पनि अंकित गरिएको छ ।

गुगलको इतिहास

स्टानफोर्ड विश्वविद्यालयका विद्यावारिधीका विद्यार्थीहरु सर्गेइ बि्रन र ल्यारी पेजले बृहत सर्च इन्जिनको प्रोटोटाइप ल्याउने विषयमा एउटा कार्यपत्र प्रस्तुत गरे ।

उनीहरुले नै पछि सर्च इन्जिन गुगलको स्थापना गरे । अहिले ल्यारी पेज गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ छन् भने बि्रन चाहिँ उक्त कम्पनीको अध्यक्ष छन् ।

उनीहरुले गणितीय शव्द नययनयीबाट न्ययनभीको नामाकरण गरेका हुन् । गणितको भाषामा न्ययनयी भनेको एकको पछाडि एक सय वटा अंक भएको संख्या (10,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000) हो ।

विशाल सर्च इन्जिन बनाउने बनाउने आफ्नो लक्ष्यसँग मेल खानेगरी उनीहरुले गुगलको नामाकरण त्यसरी गरेका हुन् ।

गुगलले पहिलोपटक सन् २०११ मा ल्यारी पेजले आविष्कार गरेको प्रविधिमार्फत पहिलो प्याटेन्ट प्राप्त गर्यो । जबकी सन् २००४ मा गुगल पहिलोपटक सार्वजनिक कम्पनी बनेको थियो । समय क्रमसँगै गुगलले जिमेल, गुगल ड्राइभ, गुगल डक्स तथा गुगल क्रोम लगायतका सेवाहरु पनि लञ्च गरेको छ ।

आफ्नो अनलाइन पकडलाई विस्तार गर्ने क्रममा गुगलले सन् २००६ मा १ अर्ब ६५ करोड डलरमा युट्युब खरिद गर्‍यो । सन् २०१५ मा गुगल कर्पोरेट पुनर्संरचनामा गयो र मातृ कम्पनीको रुपमा अल्फाबेट स्थापना गरियो ।

अहिले विश्वका विभिन्न १ सय भाषामा गुगलको सेवा उपलब्ध छ र गुगल सर्च इन्जिनले वर्षेनी खरर्बौं अरर्बौ प्रश्नहरुको जवाफ दिने गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment