Comments Add Comment

हिमालय एयरलाइन्समा चिनियाँ लगानीकर्ता परिवर्तन

१२ असोज, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको स्वामित्व परिवर्तन हुने भएको छ । उक्त कम्पनीमा रहेको चिनियाँ लगानीकर्ताको स्वामित्व परिवर्तन हुन लागेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

तिब्बत एयरलाइन्सको ४८.९९ प्रतिशत स्वामित्व यस कम्पनीमा रहेकोमा अब उक्त कम्पनीको स्थानमा तिब्बत सिभिल एभिएसन डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने भएको हो । नयाँ लगानीकर्ता आएसँगै अब हिमालय एयरलाइन्समा चिनियाँ लगानीकर्ताको बहुमत शेयर हुने भएको छ ।

श्रेष्ठका अनुसार तिब्बत एयरलाइन्स  सरकारी अर्धस्वामित्वको कम्पनी हो भने तिब्बत सिभिल एभिएशन डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । हिमालयमा अब नयाँ संरचना अनुसार चिनियाँ लगानीको बाहुल्य हुने भएको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार अब चिनियाँ लगानीकर्ताको लगानी ६५ प्रतिशत हुने भएको छ भने नेपाली लगानीकर्ताको शेयर ३५ प्रतिशत मात्र हुने भएको छ । यस कम्पनीमा नेपालको तर्फबाट यति वर्ल्डले लगानी गरेको छ ।

स्वामित्व परिवर्तन भएसँगै कम्पनीले नयाँ ब्राण्ड लोगोसमेत सार्वजनिक गरेको छ । सेतो र निलो ब्राण्ड कलरलाई परिवर्तन गरेर निलो र सुन्तला रंग प्रयोग गरी हिमालयले नयाँ लोगो सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष झो एन्योङ र उपाध्यक्ष विजय श्रेष्ठले नयाँ ब्राण्ड लोगो सार्वजनिक गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment