Comments Add Comment

‘दि भ्वाइस’को ‘ब्याटल राउण्ड’मा के–के भयो ?

हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’मो शुक्रबारदेखि ब्याटल राउण्ड सुरु भएको छ । हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो हिमालय टेलिभिजन एचडीमा प्रशारण भैरहेको छ ।

‘ब्लाइन्ड अडिसन’बाट चार जना कोचहरुले आफ्नो टिममा १६ जना प्रतिष्पर्धीहरु भित्राएका थिए । ब्याटल राउण्डमा भने आफ्नो–आफ्नो टिमका सदस्यहरुले आफ्नै टिमको सदस्यसँग प्रतिष्पर्धा गर्नेछन् । त्यसमध्ये एक जना नकआउट राउन्डको लागि छनोट हुनेछन् भने एकजना प्रतिष्पर्धीले स्टेजबाट विदा लिनेछन् ।

ब्याटल राउण्डको पहिलो दिन चार कोचका ट्यालेन्टहरुले यो प्रतिस्पर्धामा भाग लिएका छन् । पहिलो दिन कोच दीप श्रेष्ठको टिमबाट रमा र विकास ब्याटलमा उत्रिएका थिए । जहाँबाट विकास छनोट भए । त्यस्तै कोच राजु लामाको टिमबाट विजय र अनुशाबीच भएको ब्याटलबाट विजय छनोट भए ।

कोच आस्था राउतको टिमबाट सम्झना र रिता प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा रीता छनोट भइन् भने प्रमोद खरेलको टिमबाट सुशान र राजिवबीच भएको ब्याटलमा शुसान छनोट भए ।

त्यस्तै दोस्रो दिनको ब्याटलमा कोच राजुको टिमबाट श्रमण कुमार र करण ब्याटलमा उत्रिए । जहाँ करण छनिए । त्यस्तै टिम प्रमोदबाट सुश्मा र सैकिरणबीच भएको ब्याटलबाट सैकिरण छनोट भए । टिम आस्थाबाट अनिश र यांकी भिडेका थिए, जहाँ यांकी छनोट भइन् । टिम दीपको टिमबाट धर्मा र डम्बरविच भएको प्रतिष्पर्धामा डम्बर छनोट भएका छन् ।

यो राउन्डबाट प्रत्येक कोचले ९ जना प्रतिष्पर्धीलाई नक–आउट चरणमा लानेछन् । आफ्नो टिमको व्याटलबाट छानिएका ८ जना र अर्को टिमबाट आउट भएको एक जनालाई स्टिल गरेर आफ्नो टिममा लिन पाउने अधिकार कोचसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment