Comments Add Comment

इन्टरनेट उद्योगबाट अमेरिकी अर्थतन्त्रमा २१ खर्ब डलर योगदान

काठमाडौं । तीव्र गतिमा विस्तार भैरहेको इन्टरनेट उद्योगले एक वर्षमा अमेरिकी अर्थतन्त्रमा २१ खर्ब डलर योगदान गरेको छ । सन् २०१८ मा अमेरिकाको कुल गाह्रस्थ उत्पादनमा १० प्रतिशत योगदान गरेको एक अध्ययनले देखाएको छ ।

द इन्टरनेट एसोसिएसनले सार्वजनिक गरेको रिपोर्टअनुसार इन्टरनेट क्षेत्र अमेरिकी अर्थतन्त्रको चौथो सबैभन्दा ठूलो क्षेत्र हो । अमेरिकी अर्थतन्त्रमा पहिलो स्थानमा रियल स्टेट रहेको छ भने दोश्रो स्थानमा सार्वजनिक क्षेत्र र तेश्रो स्थानमा निर्माण क्षेत्र रहेको छ ।

सन् २०१८ मा निर्माण क्षेत्रले अमेरिकी कुल गाह्रस्थ उत्पादनमा २३ खर्ब डलरको योगदान गरेको थियो ।

अमेरिकामा इन्टरनेट क्षेत्रले ६० लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तै अन्य १ करोड ३० लाखलाई यस क्षेत्रले अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । जुन अमेरिकी रोजगार बजारको ४ प्रतिशत हो । जबकी अमेरिकी इन्टरनेट उद्योगहरुले पुँजीगत खर्चको रुपमा ६४ अर्ब डलर खर्च गरेका छन् ।

स्मरण रहोस् यसअघि सन् २०१४ मा इन्टरनेट क्षेत्रले अमेरिकी जीडीपीको ६ प्रतिशत हिस्सा ओगटेको थियो भने जीडीपीमा ९ खर्ब ६६ अर्ब २० करोड डलर योगदान गरेको थियो ।

युएस ब्युरो अफ इकोनोमिक्स एनालाइसिसले अप्रिलमा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा डिजिटल अर्थतन्त्रले अमेरिकी कुल गाह्रस्थ उत्पादनमा ६.९ प्रतिशत हिस्सा ओगट्दै सातौं स्थानमा रहेको छ । यो भनेको १३ खर्ब ५० करोड डलर हो ।

इन्टरनेट एसोसिएसनको रिपोर्टअनुसार अर्थतन्त्रका हरेक क्षेत्रमा इन्टरनेट उद्योगले रोजगारीको सिर्जना गरिरहेको छ ।

स्मरण रहोस्, अमेरिकी इन्टरनेट एसोसिएसनमा अमेजन डट कम, फेसबुक, अल्फाबेट, ट्वीटर, उबर लगायतका कम्पनीहरु सदस्य रहेका छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment