News Summary
Generated by OK AI. Editorially reviewed.- दराज नेपालले तिहार र छठ लक्षित ११.११ सेल नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन गर्ने भएको छ।
- अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउचर, निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्।
- अग्रिम भुक्तानीमा आठ बैंक, इसेवा र खल्तीमार्फत २ हजार रुपैयाँसम्म छुट तथा १ हजार १११ रुपैयाँको अर्डर गर्ने ११ जनाले ५० हजार रुपैयाँभन्दा बढीका फिलिप्स सामग्री जित्न सक्नेछन्।
११ कात्तिक, काठमाडौं । दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘वर्षकै सबैभन्दा ठूलो सेल’ दराज ११.११ नोभेम्बर १ राति ८ बजेदेखि सञ्चालन गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याउन लागिएको उक्त अभियान नोभेम्बर ११ सम्म सञ्चालन हुनेछ।
अभियानमा उपभोक्ताले विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, निःशुल्क डेलिभरी तथा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। साथै, थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।
तिहार तथा छठको किनमेललाई सहज र किफायती बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको अभियानमा इलेक्ट्रोनिक्स, फेसन, सौन्दर्य सामग्री, घरायसी सामान तथा दैनिक उपभोग्य वस्तुलगायत विभिन्न श्रेणीका सामग्री समावेश गरिएका छन्।
विभिन्न ब्रान्डका सामग्रीमा ८० प्रतिशतसम्म छुट
अभियानमा सहभागी विभिन्न ब्रान्डले ७० देखि ८० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्। दराजका प्लाटिनम साझेदार रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्म छुट दिनेछन्।
त्यस्तै, गोल्ड साझेदार ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले पनि ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्। सिल्भर साझेदार फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारका सामग्रीमा भने ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म ‘क्रस क्याटेगोरी ब्रान्ड रश आवर’ सञ्चालन हुनेछ। नोभेम्बर २ बिहान ११ बजेदेखि ‘क्रेजी प्राइस ड्रप’ सुरु हुनेछ, जसमा छनोट गरिएका सामग्री विशेष मूल्यमा खरिद गर्न सकिनेछ।
नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक श्रेणीमा आधारित विशेष अफर सञ्चालन गरिनेछ। यसअन्तर्गत इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेन्सडे, एफएमसीजी थर्सडे, दराज च्वाइस फ्राइडे, फेसन स्याटरडे र न्यू अराइभल्स सन्डे समावेश छन्।
छनोट गरिएका विक्रेतामार्फत किनमेल गर्ने उपभोक्ताले ३ हजार रुपैयाँसम्मका तिहार भौचर प्राप्त गर्न सक्नेछन्। दराज च्वाइसअन्तर्गत योग्य सामग्री तीनवटा खरिद गर्दा निःशुल्क डेलिभरी तथा चारवटा खरिद गर्दा एउटा सामग्री निःशुल्क पाउने सुविधा पनि उपलब्ध हुनेछ।
बैंक कार्ड र डिजिटल भुक्तानीमा अतिरिक्त छुट
दराजले अभियान अवधिभर अग्रिम भुक्तानीमा अतिरिक्त छुट उपलब्ध गराउन आठवटा बैंकसँग साझेदारी गरेको छ।
योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत अर्थात् अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ। त्यस्तै, योग्य डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत अर्थात् अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।
यस योजनामा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक सहभागी छन्।
इसेवा तथा खल्ती बाई आईएमईमार्फत भुक्तानी गर्ने ग्राहकले पनि विशेष रश आवर अफरअन्तर्गत १ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्।
५० हजार रुपैयाँभन्दा बढी मूल्यका उपहार जित्ने अवसर
दराज ११.११ मा किनमेल गर्ने ग्राहकका लागि विभिन्न उपहार योजना पनि समावेश गरिएका छन्। कम्तीमा १ हजार १११ रुपैयाँको अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यका फिलिप्सका सामग्री समावेश भएको बन्डल जित्ने अवसर पाउनेछन्।
त्यस्तै, योग्य अर्डर गर्ने ग्राहकले फिजियो नेपाल, मोडर्न मिराकल्स फर्निचर हब, पीसेफ, डट एन्ड की, स्विफ्ट अन, अल्टिमा लाइफस्टाइल, ब्रान्डहाउस, न्युलाइट, ब्लेस अनलाइन, रोह्टो र पोसिलो फुड्सका सामग्री समावेश गरिएका दैनिक उपहार योजनामा सहभागी हुन सक्नेछन्।
कम्पनीले आफ्नो इन्स्टाग्राममार्फत सञ्चालन गर्ने मिस्ट्री डिलमा सामग्रीको सही मूल्य अनुमान गरी टिप्पणी गर्ने उपभोक्ताले पनि विशेष उपहार ह्याम्पर जित्ने अवसर पाउनेछन्। उक्त योजनामा अल्टिमा लाइफस्टाइल, जिरी न्युट्रिसन, डा। शेथ्स, सिटाफिल, एम्परस्यान्ड र पोसिलो फुड्सका उपहार समावेश छन्।
दराजका अनुसार यस वर्षको ११.११ अभियानले चाडपर्वको किनमेललाई थप किफायती बनाउनुका साथै छुट, भौचर, उपहार र विभिन्न विशेष अफरमार्फत उपभोक्तालाई अनलाइन किनमेलको थप अवसर प्रदान गर्नेछ।
प्रतिक्रिया 4