Comments Add Comment

कवि माधव घिमिरेको जन्मोत्सवमा कविता प्रतियोगिता

राष्ट्रकवि माधव घिमिरेको १०१ औं जन्मदिवसका अवसरमा आयोजना गरिएको घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरेको छ । शनिबार आयोजित उक्त प्रतियोगितामा केवल कार्की प्रथम भएका छन् सम्पत काफ्लेले दोस्रो स्थान प्राप्त गरेका छन् ।

कविता प्रतियोगितामा देशभरबाट ३५ जनाले भाग लिएका थिए । उनीहरुले लेखेका राष्ट्रिय कविताबाट मूल्यांकन समितिले उत्कृष्टको छनोट गरेको हो । पहिलो कार्कीले १० हजार, दोस्रो हुने काफ्लेले सात हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । यसैगरी तेस्रो हुनेले ५ हजार पाएका छन् भने दुई जनालाई सान्त्वना पुरस्कार दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment