+
+
Shares

अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाईको विकास गर्न जोड   

रासस रासस
२०७६ असोज १२ गते १८:११

१२ असोज, वीरगञ्ज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रवर्द्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकी छन् । आइतबारदेखि सुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाई क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन्।

प्रत्येक वर्ष तराईलगायत यस क्षेत्रमा हुने डुबान र नदी कटानको कारण ठूलो मात्रामा अन्नबालीको क्षति हुने भएकाले यसलाई रोक्न दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन् । उनले नेपाल सरकारले गढीमाई नगरपालिकालाई नमुना शहरका रुपमा विकास गर्न सारेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै प्रदेश नं २ सरकारले अगाडि सारेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा आफनो पूर्ण समर्थन रहेको बताइन् ।

उनले यस क्षेत्रलाई सरकारले माछामा आत्मनिर्भर बनाउन माछा सुपर जोन कार्यक्रम अघि सारेको बताउँदै यहाँको कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्न सङ्घीय सरकार कटिबद्ध रहेको बताइन् ।

प्रत्येक पाँच पाँच वर्ष वर्षमा लाग्ने सो मेलाको शोभायात्राको उद्घाटनमा गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम ढकाल, उच्च अदालत जनकपुर वीरगञ्जका मुख्य न्यायाधीश दिल्लीराज आचार्य, सांसद रमेशप्रसाद यादव, गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साहलगायतले गढीमाईको महिमावारे प्रकाश पारेका थिए । उद्घाटनपछि गढीमाई मन्दिरबाट कलश यात्रा निस्केको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?