Comments Add Comment

गुल्मीमा बाटो खन्ने क्रमममा स्काभेटर पल्टियो

१३ असोज, गुल्मी । गुल्मीमा बाटो खन्ने क्रमममा सोमबार स्काभेटर पल्टिएको छ । इस्मा गाउँपालिका-४ कोटकोटेरीमा बाटो खन्ने क्रममा बा.२ ख. ५५५४ नम्बरको स्काभेटर सडकदेखि १ सय मिटर तल खसेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

श्रीकृष्ण कन्स्ट्रक्सनले इस्मा गाउँपालिका मैदानबाट कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटो बनाइ रहेको छ । स्काभेटरका चालक फर्सुराम पाण्डे भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment