+
+
Shares

मुगुमा प्रशासकीय अधिकृतमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १९:१७

१३ असोज, काठमाडौं । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले सोमबार दिउँसो आक्रमण गरेको छ ।

५/६ जनाको नकावधारी समूहले गमगढीबाट कार्यालय जानेक्रममा अन्दाजी १ बजेको समयमा सोरु गाउँपालिका-७ सिप गाउँमा उपाध्यायमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक लालबाबु ऐरले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेका उपाध्यायलाई गमगढीस्थित अस्पतालमामा प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको उनले बताए ।  कुटपिट गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक ऐरले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?