Comments Add Comment

१० हजार घुससहित नापीका कर्मचारी पक्राउ

१५ असोज, चिप्लेढुङ्गा (कास्की) । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment