Comments Add Comment

समृद्धिका लागि सबै मिल्नुको विकल्प छैन : श्रेष्ठ

१५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तापक्षले प्रतिपक्षलाई दमन गर्ने र प्रतिपक्षले सत्तापक्षको विरोध गर्ने प्रवृत्ति छोड्नु पर्ने बताएका छन् ।

हेटौंडामा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रवक्ता श्रेष्ठले विकासको एजेण्डामा सत्तापक्ष र प्रतिपक्षबीच एकता कायम गरेर अघि बढ्न सके मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताए ।

मुलुकलाई समृद्ध बनाउनका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै उनले एक अर्कालाई दोष देखाएर विरोध गर्ने प्रवृत्ति त्याग्नु पर्ने बताए ।

भाषण, प्रशिक्षण र दस्तावेजबाट जनता खुसी हुन नसक्ने भन्दै उनले जनताले प्रत्यक्ष रुपमा परिवर्तनको महशुस हुने गरी काम गर्नु पर्ने उनले बताए ।

प्राप्त उपलब्धीहरुलाई संस्थागत गराउने खालको काम गर्न नसकेमा वर्तमान व्यवस्थाप्रति जनतामा निरासा पैदा हुने खतरा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment