Comments Add Comment

कार्यकर्तालाई देउवाको निर्देशन-गान्धीले देखाएको बाटो अनुशरण गर्नू

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

१५० औं गान्धी जयन्तिको अवसर पारेर बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए ।

गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाइ थियो । सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताए । साथै उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आशिर्वाद रहेको स्पष्ट पारे ।

कांग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिइरहेको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment