Comments Add Comment

नेपाल र सिंगापुरले अंक बाँडे

१५ असोज, काठमाडौं । नेपालले टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणको आफ्नो अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग अंक बाँडेको छ ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ ५ बजेर १५ मिनेटमा सुरु हुने भनिएपनि सुरु हुनु भन्दा अघि नै मुसलधारे पानी परेको थियो । पानी रोकिने कुनै छाँटकाठ नदेखिएपछि दुबै टिमले १-१ अंक बाँडेका हुन् ।

नेपालले तीन खेलबाट तीन अंक बनाएको छ । एक खेलमा जित हात पारेको नेपालले दुई खेलमा हार ब्यहोरको हो । त्यस्तै, नेपालले वर्षाको कारण भने सिंगापुरसाग अंक बााड्नु पुग्यो ।

यसअघि भएको दुबै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।

नेपालले यसअघि सिंगापुरविरुद्धको खेल भने सहजरुपमा जित हात पारेको थियो । कप्तान पारस खड्काको कीर्तिमानी शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।

सिंगापुरले अब जिम्बाब्वेसाग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment