+
+
Shares

हुन्डाई हाईवे एसुरेन्सःहाईवेमा फ्रि  चेक अप क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १५ गते २०:४४

१६ असोज, काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले हुन्ज्डाई  हाईवे एसुरेन्स – हुन्डाई गाडिहरुको लागि फ्रि  चेक अप क्याम्प’ आयोजना गरेको छ ।

कार्यक्रम अन्तर्गत कम्पनीले आˆना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि  चेक अप क्याम्प स्थापना गरेको छ ।  नेपालीहरुको महान चाड वडा दसैंमा आˆनो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आˆनो हुन्डाई गाडीमा घर र्फकँदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि  चेक अप क्याम्पमा ग्राहकहरुले आˆनो हुन्डाई  गाडीको फ्रि  चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिनेे व्यवस्था पनि गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार  (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक) र बिरगंन्ज (पतलैया चोक)हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ ।

यो कार्यक्रम असोज १६ देखि १९ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?