Comments Add Comment

रोहतो मेन्थोलातमको ठमेलमा वार्षिक डिलर सम्मेलन

१५ असोज, काठमाडौं । रोहतो मेन्थोलातमले ठमेलमा आफ्नो पहिलो वाषिर्क डिलर सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा रोहतो नेपालका अध्यक्ष हिरोफुमी शिरामासु, प्रबन्ध निर्देशक सुनसुके शिनोदा, एक्नेस नेपालकी ब्राण्ड दूत तथा नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा र ओक्सी एवं भि रोहतो आइड्रप्सका ब्राण्ड दूत तथा नेपाली राष्ट्रिय क्रिक्रेट टिमका कप्तान पारस खड्का लगायत ८० भन्दा बढी डिलरहरुको समुपस्थिति रहेको थियो ।

रोहतो मेन्थोलातम एक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हेल्थ एण्ड स्किन केयर कम्पनी हो, जसले विगत १०० वर्षभन्दा अघिदेखि स्वास्थ्य एवं व्यक्ति विशेष सम्बद्ध केयर उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

कम्पनीको प्रधान कार्यालय इकुनो-कु, ओसाका, जापानमा रहेको छ र कम्पनीको व्यवसाय उत्तर अमेरिका, युरोप एवं एशियामा समेत फैलिएको छ । नेपालमा विगत ६ वर्षदेखि आजसम्म रोहतो मेन्थोलातमको निरन्तर उल्लेख्य उपस्थिति रहँदै आएको छ ।

कम्पनीका उत्पादनहरु एक्नेस्, अक्सि, सनप्ले, न्यू भि.रोहतो, लिप आइस, स्क्यार जेड, रेमोस, सेल्सम र डीप हीटले नेपाली उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

कम्पनीले हादा लावोलाई पनि बनारमा ल्याएको छ । सर्वपि्रय उत्पादन हादा लावो अत्याधुनिक पौष्टिक लोसन जापानमा नम्बर एक लोसन हो । जापानमा हरेक २ सेकेण्डमा एक बोतल बिक्री हुने गरेको छ । जबकि हादा लावो ब्राण्ड विगत १२ वर्षदेखि नम्बर एक त्वचा स्याहार ब्राण्ड बन्दै आइरहेको छ ।

जापानीज भाषामा हादा लावोको अर्थ त्वचा प्रयोगशाला भन्ने बुझिन्छ । जापानको रोहतो अनुसन्धान केन्द्रमा विकास र अनुसन्धान गरिएको एक उन्नत प्रविधिको जापानीज स्किन केयर लाइन हो ।

हादा लावो सौन्दर्य प्रशाधनका उत्पादनहरु निर्माण गर्ने एक फर्मास्युटिकल कम्पनी हो, हामी सामान्य तर प्रभावकारी त्वचाको स्याहारको लागि उही उच्च मापदण्ड र प्रविधि अपनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment