+
+
Shares

विषालु च्याउ खाँदा एकै परिवारका ९ जना विरामी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १६ गते १३:३०

१६ असोज, बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ९ जना विरामी भएका छन् ।
घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु विरामी भएका हुन । विरामी हुनेमा ७ वर्षीया बालिका देखि ७३ वर्षीया वृद्ध रहेका छन् ।

विरामी हुनेमा जिल्लाको सम्मरीमाई गाउँपालिकाका-६ का १८ वर्षीया सीमा यादव, ४० वर्षीया गीता यादव, ३३ वर्षीया मन्जु यादव, १० वर्षीय आशिष यादव, ५० वर्षीया चन्द्रमती यादव, १४ वर्षीया रोमा यादव, ७३ वर्षीय रामपुजन यादव, ४० वर्षीया इश्रावती यादव र ७ वर्षीया रोशनी यादव रहेका छन् ।

बुधबार राति च्याउ पकाएर खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि १२ बजे राति नै उनीहरु अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकव भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले बताए । विरामीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?