+
+

वीरगञ्जमा डेढ अर्ब लगानीमा नारायणी वयोधा अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते २०:१५

१७ असोज, वीरगञ्ज । वीरगञ्जमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा नारायणी वयोधा अस्पताल स्थापना गरिएको छ । वीरगञ्जस्थित शालिमार ग्रुप र काठमाडौंको बयोधा ग्रुपको लगानीमा गण्डक नजिक कामधेनु कोलोनीमा अस्पताल स्थापना गरिएको हो ।

१ सय ५० शैयाको अस्पतालमार्फत वीरगञ्ज र आसपासका जनतालाई घरदैलोमा विश्वस्तरीय स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने दाबी सञ्चालकको छ । १ सय ५० शैयाको अस्पतालमा विगत डेढ महिनादेखि ५० बेडको सेवा सञ्चालनमा छ । केहि दिनमै पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ ।

वीरगञ्ज र आसपासका क्षेत्रबाट विभिन्न स्वास्थ्य समस्याका लागि काठमाण्डु, चितवन मात्रै नभएर भारतका विभिन्न अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल स्थापना गरिएको शालिमार ग्रुपका अध्यक्ष एवं उद्योगपति अशोक वैद्यले बताए ।

‘व्यवसायिक उद्देश्यले अस्पताल सञ्चालन गरेका छैनौं, बीरगञ्ज र वरपरका क्षेत्रहरुबाट धेरै बिरामी काठमाडौं एवं भारतका विभिन्न शहरमा जाने गरेका छन्, यहाँका नागरिक उपचारका लागि बाहिर जानु नपरोस भन्ने उद्देश्यले अस्पताल खोलेका हौं’, उनले भने, ‘विशुद्ध सामाजिक सेवाको भावना राखेर अस्पताल खोलेका छौं, नाफा कमाउनका लागि हामीसँग अरु व्यवसाय छ ।’

क्रिटिकल केयर एम्बुलेन्ससहित अस्पतालमा बिरामीको आपतकालीन मेडिकल उद्धारका लागि काठमाण्डौंको बयोधामा जस्तै वीरगञ्जमा पनि हेलिप्याडको व्यवस्था छ । अस्पतालले एउटै छानामुनि बिरामीलाई उत्कृष्ट सेवा उपलब्ध गराउन बेष्ट मेडिकल स्किल, उत्कृष्ट निदान र चिकित्सीय उपकरण एवं पूर्वाधार, उत्कृष्ट अभ्यास र प्रक्रियाहरू अवलम्बन गरेको अस्पतालका रवी चौधरीले जानकारी दिए ।

वयोधा नारायणी अस्पतालमा मुटु, रेडियोलोजी र ल्याब अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण अत्याधुनिक उपकरणहरु जडान गरिसकेको उनले बताए ।

अस्पतालका फ्याकल्टी डाइरेक्टर डा. रजनीश भारतीले २० जना दक्ष चिकित्सकले अस्पतालबाट सेवा प्रवाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?