Comments Add Comment

दशैंमा चितवन मेडिकल कलेजमा सबै सेवा सञ्चालन हुने

१८ असोज, चितवन । बडा दशैंको अवसरमा चितवन मेडिकल कलेज भरतपुरका सबै सेवाहरु यथावत रहने भएका छन् । बडा दशैंका तीन दिन जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालको समेत सेवा बन्द रहने अवस्थामा चितवन मेडिकल कलेजले भने दशैंका पाँचै दिन सेवा पूर्ववत सञ्चालन गर्ने जनाएको छ ।

कलेजले अघिल्ला वर्षहरुमा पनि सेवालाई बन्द नगरी यथावत सञ्चालन गर्दै आएको थियो ।

कलेजले विज्ञप्ती जारी गर्दै चितवन र यस आसपासका जिल्लाका जनताहरुलाई कुनै प्रकारको असुविधा नहोस् भनेर सेवा दिने जनाएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाद्वारा जारी विज्ञप्तीमा दशैंमा हुने सक्ने सम्भावित दुर्घटना, आकस्मिक घटना वा अन्य कुनै कारणले गर्दा हुनसक्ने शारीरिक समस्यालाई दृष्टिगत गरी कलेजले सेवालाई निरन्तरता दिने उल्लेख छ ।

संविधानले प्रदान गरेको मौलिक हक र स्वास्थ्य मन्त्रालयले समेत दशैंमा सबै प्रकारका सेवाहरु यथावत सञ्चालन गर्नु भन्ने निर्देशन गरेकोले सोही कुरालाई समेत मध्यनजर गर्दै कलेजले प्रदान गर्ने सेवालाई निरन्तरता दिइने विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment