+
+
Shares

‘किसान’ र ‘त्रिवेणी’ तेल गुणस्तरहीन, ८००० लिटर जफत

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ असोज १८ गते १०:५४

१८ असोज, काठमाडौं । ‘किसान’ र ‘त्रिवेणी’ नामका तोरी तेल गुणस्तरहीन पाइएको छ । यी दुवैले अखाद्य रंग मिसाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ८ हजार लिटर तेल जफत गरेको छ ।

विभागले गरेको तेल नमूना परिक्षणमा पी डिमेथिय लामिनो अजाबेन्जन नामक रङ भेटिएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जानकारी दिइन् ।

विभागमा परेको लिखित उजुरी पछि ललितिपुरको सुनाकोठीमा रहेको ओम आयल मिल तथा चितवनको खैरहरीनमा रहेको ओमकार आयल इण्डष्ट्रिजमा छापा मारेर विभागले कारखानामा उत्पादित तथा स्टक तेल जफत गरेको महानिर्देशक वैद्यले बताइन् । यसरी जफत गरिएको तेल ८ हजार २ सय ५० लिटर छ ।

गुणस्तरहीन तेल जफत गरेको विभागले दुवै उद्योगमा सिलबन्दीसमेत गरेको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजनले गुणस्तरहीन तेलबारे अनुसन्धान पूरा गरेर जिल्ला अदालत, ललितपुरमा मुद्दा चलाउने तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?