+
+
Shares

काभ्रेमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १८ गते ११:५७

१८ असोज, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए ।

उनका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?