Comments Add Comment

यात्रुलाई दुःख दिने सवारीमाथि कारबाही

१८ असोज, रामेछाप । दशैंको मौका छोपेर यात्रीहरुलाई दुःख दिने सवारी साधनमाथि स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैं अनुगमनमा निस्किएका हुन् । सवारी साधनले बढि भाडा लिएको वा यात्रीलाई दुःख दिएको छ छैन भनि बुझ्न आफैं सडकमा निस्किएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले बताइन् ।

सवारी साधन प्रति खासै गुनासो नभएको पाइएको छ । यात्रुहरुबाट बढी भाडा असुल्ने केही सवारी साधनलाई कारबाही गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी सन्तोष भट्टराईले जानकारी दिए । यात्रुहरुसँग लिएको बढी भाडा फिर्ता गराइएको हो ।

होटल व्यवसायीहरुप्रति भने यात्रीहरुको गुनासो थियो । पहिला नै पैसा तिरेर लाइन लागेर खाना लिनुपर्ने तर थप खाना नदिने गरेको, खानाको गुणस्तर नभएको यात्रीहरुको गुनासो थियो । यात्रीहरुको गुनसो सुनेपछि होटलमै पुग्दा पनि त्यस्तै अवस्था देखिएको प्रजिअ केसीले बताइन् । त्यस्ता व्यवसायीहरुलाई तत्काल सचेत गराइएको र सेवामा सुधार नगरे कारबाही गरिने प्रजिअ केसीले बताइन् ।

दशै मान्न रामेछापका साथै ओखलढुंगा, दोलखा र सोलुको ओल्लो भागमा जाने यातायात साधनहरु रामेछापकै बाटो प्रयोग गरी जाने भएकोले यातायतको चाप निक्कै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment