Comments Add Comment

‘मिडियाको पछि लाग्ने सर्जक परम्परागत ढर्राका हुन्’

दाङ । ‘काठमाडौंका केही राष्ट्रिय मिडिया छन्, जसमा सधैं एउटै अनुहारमात्रै छापिएर आउँछ,’ यो गुनासो आम उदयीमान लेखकको छ । उनीहरु आफूहरु मिडियाको विभेदकारी परम्पराबाट पीडित बन्नु परेको गुनासो छ ।

तर पत्रकार लेनिन बञ्जाडे यो मान्न तयार छैनन् । ‘आजभोलि रचना प्रकाशन गर्न मिडियाको पछि कुदिरहनु आवश्यक छैन । प्रत्येकको हातमा आफ्नै मिडिया छ । आफैं लेखक आफैं प्रकाशक हो,’ लेनिन भन्छन्, ‘अहिले पनि मिडियाको पछि लागिरहनु परम्परागत ढंगतिर जानु हो ।’ उनी सिर्जना सस्तो जिच नभई त्यसको आफ्नै मूल्य हुनाले सर्जकले पनि त्यो कुरा बुझ्नुपर्ने मत राखे । उनले भने, ‘सिर्जनाको आफ्नै मूल्य छ । सुदूरको ठाउँ जहाँ घाम अस्ताउँछ । तर, त्यसभन्दा माथिबाट अर्को ठाउँमा घाम उदाउँछ ।’

दाङमा उदाहरण समूहले आयोजना गरेको १ दिने साहित्य महोत्सवमा चलेको दोस्रो सत्र ‘सुदूरका सञ्चारमा सिर्जना’ बहस चलेको थियो । बहसको सहजीकरण आदिम केसीले गरेका थिए ।

कार्यक्रममा अर्का वक्ता पत्रकार नरेन्द्र केसी पछिल्ला समयमा दाङमा सिर्जना नआइरहेका कारणले साभारमै चित्त बुझाइरहनु परेको बताए । ‘५० को दशकमा एकदमै राम्रो थियो । तर, अहिले त्यो एकदमै कमी आएको छ ।’

केसीले दाङमा साहित्यिक परिष्टितांक निकालेर भएपनि साहित्यलाई ठाउँ दिइरहेको सुनाए । ‘हामीले साहित्यमा स्थान दिइरहेका छौं । अब सोही क्षेत्रमै जानकार व्यक्तिलाई सम्पादक राखेर काम गर्ने भनेका छौं ।’

‘साभार र निशुल्क प्रकाशन गरेर कति दिन धान्ने ? दाङले कसरी काठमाडौंसँग प्रतिस्पर्धा गर्ने ?’ आदिमले प्रश्न गरे ।

उत्तरमा लेनिन बञ्जाडेले जे आए पनि छाप्न नहुने बताए । उनले भने, ‘सम्बन्धका आधारमा हामीले छाप्ने हुँदैन । सम्पादकको भूमिकामा कति हुन्छ । पारिश्रमिक नै दिएर छाप्न लगाइयो भने साभार गरिरहनु नपर्ने बताए ।

एउटा मिडिया हाउस उत्कृष्ट हुन्न साहित्यमा लगानी हुनै पर्ने पत्रकार लेनिनको दाबी थियो । उनले भने, ‘उत्कृष्ट र कमजोर बन्ने फरक हो । सोसियल मिडिया पनि एउटा न्यू मिडिया हो । सोसियल मिडियाले धेरै पाठकको जनसम्पर्कमा पुग्छ ।’

राम्रो लेख्ने मान्छेलाई प्रकाशन गर्न सधैं मिडियाको ढोका ढक्ढक्याउनु नपर्ने विचार राखे ।

अर्का वक्ता टीकाराम उदासीले हिजोका रचना पनि उत्कृष्ट नभएको र आज पनि नभएको बताए । उनले हिजोका दिनमा राष्ट्रिय मिडियासम्म पहुँच नपुग्ने स्थितिबाट आज टाढा भागिसकेको बताए । ‘स्तरीय लेख्दा पनि पढिरहेका छौं । साहित्यमा राजनीति सबैभन्दा बढी हुन्छ । आफैं हतोत्साही हुनुहुँदैन,’ उनले भने ।

वक्ता नरेन्द्र केसीले समाजले साहित्यकार मानिदिएकोलाई सामान्य मिडियाले साहित्यकार नमान्न नसकिने बताए ।

उनले भने, ‘कोही हुन्छन्, आधा जिन्दगी साहित्यमा बिताएका हुन्छन् । उनीहरुलाई तपाईंको रचना ठीक छैन भनेर नकार्न सक्ने आँट अहिलेसम्म ममा आइसकेको छैन ।’

प्रकाशकले पनि पत्रकारिता र सामाजिक सञ्जालमा फरक छुट्याउनुपर्ने उनले बताए । पत्रकार लेनिन बञ्जाडेले कुनै पनि सर्जकले सिर्जना गर्नुअघि मिडिया बिर्सेर लेख्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment