
१९ असोज, काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत आचार्य कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।
नेपाल टेलिभिजनमा २०४४ सालबाट टेलिभिजन पत्रकारिता सुरु गरेका आचार्य पछिल्लो समयमा न्यूज २४ टेलिभिजनमा समाचार प्रमुख थिए । उनले लामो समय रत्नराज्य कलेजमा पत्रकारिताको अध्यापनसमेत गराएका थिए ।
आचार्यका एक छोरी, श्रीमती र आमा छन् । उनको छोराको केही समय पहिले अमेरिकामा निधन भएको थियो ।
कलेजसो सम्वन्धी समस्याका कारण केही दिन अगाडि वीर अस्पताल लगिएका आचार्यलाई उपचारपछि घर फर्काइएको थियो । तर, फेरि समस्या बल्झिएपछि शनिबार नै नर्भिक अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4