Comments Add Comment

रोहितको दुई शतकले दक्षिण अफ्रिकामाथि भारतको जित

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीप अन्तरगत दक्षिण अफ्रिविरुद्धको पहिलो टेस्टमा भारतले विशाल अन्तरको जित हासिल गरेको छ । टेस्टको दुवै इनिङमा भारतीय ओपनर रोहित शर्माले शतक प्रहार गरे ।

दक्षिण अफ्रिकाले जितका लागि चौंथो इनिङमा ३ सय ९५ रनको लक्ष्य दिएको थियो । तर, भारतीय बलरहरुका अगाडि घुँडा टेकेको अफ्रिकी टोली १ सय ९१ रनमै अलआउट भयो । र, भारतले २०३ रनले खेल आफ्नो पक्षमा पार्‍यो ।

टेस्ट विजयका लागि पहिलो इनिङमा भारतीय ओपनरद्वय रोहित शर्मा र मयंक अग्रवालले गरेको विशाल साझेदारी नै निर्णायक सावित भयो । उनीहरुले ३ सय १७ रनको साझेदारी गरेका थिए, जसमा अग्रवालको २ सय १५ रन र रोहितको १ सय ७४ रन सामेल थियो । उनीहरुको विशाल साझेदारीको मद्दतमा भारतले ५ सय २ रनको स्कोर खडा गरेर पहिलो इनिङ डिक्लेयर गरेको थियो ।

जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाले निकै खराब सुरुवात गर्‍यो । एक समय ६३ रनमा चार विकेट गुमाइसकेको अफ्रिकालाई डिन एल्गर र क्वीन्टन डिकोकले शतक हान्दै उद्दार गरेका थिए । एल्गरको एक सय ६० र डिकोकको एक सय ११ रनको मद्दतले दक्षिण अफ्रिकाले ४ सय ३१ रन बनायो । भारतीय स्पिनर रविचन्द्रन आश्विन एक्लैले सात विकेट लिँदै अफ्रिकामाथि हावी भएका थिए ।

यसैगरी पहिलो इनिङमा ७१ रनको अग्रता लिएको भारतले दोस्रो इनिङमा पनि राम्रो ब्याटिङ ग¥यो । रोहित शर्माले एक सय २७ रनको इनिङ खेल्दा चेतेश्वर पुजाराले ८१ रनको योगदान दिएका थिए । भारतले ४ विकेटको नोक्सानीमा ३ सय २३ रन बनाउँदा इनिङ डिक्लेयर गर्‍यो ।

३९५ रनको लक्ष्य दक्षिण अफ्रिकाका निम्त निकै गह्रुंगो सावित भयो । ७० रनको स्कोरमा नै ८ जना अफ्रिकन ब्याट्सम्यानहरु पेभिलियन फर्किए । भारतीय बलरहरुमध्ये मोहम्मद सामी र रवीन्द्र जडेजाले संयुक्त ९ विकेट लिएका थिए ।

टेस्टको पाचौं दिनमा लञ्च अगाडि नै एक सयभन्दा कम स्कोरमा समेटिने लक्षण देखाएको अफ्रिकाको इनिङ सेनुरन मुथुसमी र डेन लिरोइ पियटले केहीबेर लम्ब्याएका थिए । उनीहरुले क्रमशः ४९ र ५६ रन बनाउँदै खेललाई लन्चपछिसम्म धेकेले । तर ठूलो अन्तरको हार त अवश्यम्भावि नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment