+

प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

२०८२ मंसिर  १२ गते १७:४० २०८२ मंसिर १२ गते १७:४०

ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।

प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

१२ मंसिर, काठमाडौं । प्रियांक पान्चलको अर्धशतक मद्दतमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भइरहेको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको हो ।

ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।

पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।

गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

एनपीएल कर्णाली याक्स नेपाली क्रिकेट विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय