Comments Add Comment

निगुरो टिप्न जाँदा गैंडाको आक्रमणमा परेर मृत्यु

२० असोज, चितवन । चितवनमा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी वनको पिकनिक स्पटमा निगुरो खोज्न गएको स्थानीयले बताएका छन् । हाल उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment