Comments Add Comment

गुल्मी प्रहरीले हराएको २ लाखको गरगहना फेला पार्‍यो

१९ असोज, गुल्मी । गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

जिल्लाको मालिका गाउँपालिका–८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।

आइतबार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, एक/एक वटा तिलरी र सिक्री गरी करिब २ लाख बराबरको गरहगना हराएको थियो ।

प्रहरी निरीक्षक चुरामणी पुन सहितको टोलीले गिरी सवार बा ३ ख ८१३३ नम्बरको गाडीमा फेला पारेर सम्बन्धित व्यक्तिलाई नै बुझाएको घलले बताए ।

प्रहरीले फोला पारेको गरगहना हराएको व्यक्तिको रोहवरमा हस्तातरण गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।

यसैबीच, जिल्लामा केही दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना बढेको भन्ने हल्लामा पनि सत्यता नभएको दाबी गरिएको छ ।

जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हुने गरेको हल्लाले आमनागरिक त्रसित भइरहेको बेला जिल्ला प्रशासन कार्यालय गुल्मीले हल्लामा सत्यता नभएको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment