+
+
Shares

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २१ गते १६:३८

२१ असोज, बनेपा । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले मंगलबार टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए ।

जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले जनाए ।

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?