
२३ असोज, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती ८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ ।
आगलागीबाट फर्निचर उद्योगमा ४० लाखको क्षति भएको छ । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
राति साढे ११ बजेतिर शुरु भएको आगलागी कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीले करिब १ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । विद्युत सर्टका कारण आगलागीको भएको हुन सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4