+
+
Shares

उर्जामा ६० कर्मचारीको अस्थायी दरवन्दी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते १७:२२

२३ असोज, काठमाडौं । सरकारले उर्जा जलश्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतका ७ आयोजनाका लागि ६० जना अस्थायी कर्मचारी नियुक्त गर्ने बाटो खुला दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै ६० जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिएका हुन् ।

यी सबै दरबन्दी अधिकृतस्तरका हुन् । यो सँगै अब अस्थायीमा कर्मचारीहरुको नियुक्त गर्न मन्त्रालयलाई बाटो खुला भएको छ । मन्त्रिपरिषद्ले दरबन्दी स्वीकृत गरेसँगै अब उर्जा मन्त्रालयले विज्ञापन निकालेर ६० जना कर्मचारीहरु अस्थायी नियुक्ति गर्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?