Comments Add Comment

सुदूरपश्चिका ठूला योजना अघि बढाउन छलफल

२३ असोज, डोटी । सुदूरपश्चिम प्रदेशमा सञ्चालित विकास निर्माणका योजनाहरुलाई गति दिन तीन तहका जनप्रतिनिधिबीच संयुक्त छलफल भएको छ ।

बिहीबार मुख्यमन्त्रीको कार्यालयमा भएको छलफलमा ठूला योजना कार्यान्वयनमा देखिएका जटिलता सुल्भाउन तीन तहका जनप्रतिनिधिहरुबीच छलफल भएको हो ।

छलफलमा मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लेखराज भट्ट, प्रतिनिधिसभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड सहभागी थिए ।

प्रदेशका ठूला योजनाको निर्माण प्रभावकारी बनाउन तीनै तहका जनप्रतिनिधिबीच छलफल भएको पूर्वमन्त्री लेखराज भट्टले बताए । ‘धनगढी–खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक, बझाङ ताक्लाकोट सडक लगायतका सडक योजना निर्माणमा देखिएका जटिलता छलफलको मुख्य बिषय हो’ भट्टले भने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम सजिलो गरी अगाडि बढाउने विषयमा छलफल गरिएको बताए । प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले ठूला योजनालाई गति दिन स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय आवश्यक चाहिने भएकाले छलफल गरेको बताए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले साझा अधिकार कार्यान्वयन गर्नका लागि पनि संयुक्त छलफल फलदायी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment